Banijya News

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

1
1.2K Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको हो ।

बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

३ मिनेटको अवधिमा १०२.४१ अंक बढेर २ हजार ६६२ अंकमा पुगेको छ । यस अवधिमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । साथै, ३ मिनेटका अवधिमा २७ करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

1

Scroll to Top