नबिल बैंकको टिमुरे शाखा पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण अस्थायीरुपमा बन्द रहेको उक्त शाखा सञ्चालनमा आएको हो ।
‘रसुवा जिल्लामा भारी वर्षा, बाढी र पहिरोका कारण अस्थायीरुपमा बन्द रहेको यस बैंकको शाखा आज मिति २०८२/०६/२४ गतेदेखि सञ्चालनमा आएको ब्यहोरा जानकारी गराउँदछौँ’, बैंकले सूचना मार्फत जनाएको छ ।
नबिल बैंकले शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको हो । अब यस शाखाबाट ग्राहकहरूले बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।


