Banijya News

घुससहित प्रधानाध्यापक र सहयोगी पक्राउ

1
1.2K Shares

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह र उनका सहयोगी अरविन्द प्रकाश साह घुस प्रकरणमा पक्राउ परेका छन्। प्रधानाध्यापक साहले माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहयोगी अरविन्द प्रकाश साहलाई वीरगंजस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट रकम लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो भने त्यसपछि प्रधानाध्यापक साहलाई धरहरीस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार राति नै काठमाडौँ लगिएको अख्तियार स्रोतले जनाएको छ। रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले पनि प्रधानाध्यापक साहलाई अनुसन्धानका लागि अख्तियारको टोलीले काठमाडौँ लगेको पुष्टि गरेका छन्।

1

Scroll to Top