Banijya News

सातामै सेयर बजार पुँजीकरणमा साढे ३ प्रतिशतको गिरावट

1
1.2K Shares

जेनजी आन्दोलन पछि शेयर बजार परिसुचक नेप्से लगातार जसो घट्ने क्रम जारी छ । यसैलाई निरन्तरता दिदै यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत घटेर बन्द भएको छ । गत साता २५८२।१८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० यस साता भारी गिरावटका साथ २४८७।१७ विन्दुमा सीमित भएको छ।

यो साता नेप्से परिसूचकमा ३।६८ प्रतिशतले गिरावट आएको हो, जुन ९५।०१ अंकको कमी हो। यस साता ५ कारोबार दिनका लागि बजार खुलेकोमा जम्मा १ कारोबार दिन मात्र नेप्से बढेको थियो भने बाँकी ४ कारोबार दिन घटेर बन्द भएको थियो। यसै क्रममा सेन्सेटिभ इण्डेक्स १६।०२ अंक, फ्लोट इण्डेक्स ६।९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५।७४ अंकले घटेको छ।

नेप्सेसँगै यस साता बजारमा कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औषत कारोबार रकम १७।९५ प्रतिशतले घटेर ४ अर्ब २८ करोड रुपैयाँमा झरेको छ। त्यस्तै, दैनिक औषत सेयर संख्या २१।४८ प्रतिशत र दैनिक औषत कारोबार संख्या २२।२५ प्रतिशतले घटेको देखिन्छ।

यस साता नेप्सेको कुल बजार पुँजीकरणमा पनि साढे ३ प्रतिशतको गिरावट आएको छ। गत साता ४३ खर्ब १६ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण यस साता १ खर्ब ५८ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता बजारमा रहेका सबै १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६।२४ प्रतिशतले घटेको छ। गत साता २३०५।६७ विन्दुमा बन्द भएको वित्त उपसमूहको परिसूचक यस साता १४३।९७ अंक घटेर २१६१।७० विन्दुमा झरेको छ। अंकका आधारमा हेर्दा भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४००।६९ अंकले घटेको छ। सबैभन्दा कम गिरावट म्युचुअल फण्ड उपसमूहमा देखिएको छ, जसको परिसूचक ०।१५ प्रतिशत ९०।०३ अंक० ले घटेर २०।२५ विन्दुमा कायम भएको छ।

1

Scroll to Top