Banijya News

दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

1
1.2K Shares

मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हो ।

हिजो २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ पछिल्लो ३ दिन देखि लगातार घटिरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ । यससँगै सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

1

Scroll to Top