Banijya News

मुद्रण केन्द्रबाट छापिँदै १२ लाख लाइसेन्स, कहिले हुन्छ नयाँ वितरण ?

1
1.2K Shares

लामो समयदेखि छाप्न बाँकी २५ लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मध्ये १२ लाखको छपाइ सुरु गरिने भएको छ । यसका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअनुसार मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनेछ ।

विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारीपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे । पहिलो चरणमा बजेट उपलब्ध भएअनुसार १२ लाख लाइसेन्स छापेर सेवाग्राहीलाई उपलब्ध गराइने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए ।

विभागको प्रणाली सुरु भएको केही दिनभित्र मुद्रण केन्द्रले छपाइ सुरु गर्ने लामो समयदेखि छाप्न बाँकी २५ लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मध्ये १२ लाखको छपाइ सुरु गरिने भएको छ । यसका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअनुसार मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनेछ ।

विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारीपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे । पहिलो चरणमा बजेट उपलब्ध भएअनुसार १२ लाख लाइसेन्स छापेर सेवाग्राहीलाई उपलब्ध गराइने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए ।

‘विभागमा आएदेखि लाइसेन्सको समस्या समाधान गर्न लागिपरेको छु,’ खतिवडाले भने, ‘त्यहीअनुसार आधा लाइसेन्स ६ महिनाभित्र छापेर वितरण गरिनेछ, बाँकी लाइसेन्सको पनि बजेट व्यवस्थापन गरेर छिट्टै छपाइ प्रक्रिया अघि बढाउँछौं ।’ विभागको प्रणाली सुरु भएको केही दिनभित्र मुद्रण केन्द्रले छपाइ सुरु गर्ने उनको भनाइ छ ।

सुरक्षण मुद्रणसम्बन्धी ऐनमा लाइसेन्स छपाइ पनि गर्ने विषय उल्लेख भएअनुसार नै दुई निकायबीच समन्वय गरेर काम सुरु गर्न लागिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले बताए ।

वैदेशिक रोजगारीमा जानेलगायतलाई तत्काल लाइसेन्स चाहिँदा मुद्रण केन्द्रले नै छापेर उपलब्ध गराउनेछ । यसका लागि पहिला जस्तै तत्काल लाइसेन्स चाहिनेले विभागमा निवेदन दिनुपर्नेछ । त्यहीअनुसार छपाइ गरेर उपलब्ध गराइनेछ । विभागले यस्ता लाइसेन्स दैनिक करिब ५ सय छापेर उपलब्ध गराउँदै आएको थियो । गत २४ भदौको आगलागीसँगै विभागको सेवा ठप्प छ । आगलागीबाट विभागको भवन ध्वस्त बनेको छ, सर्भर जलेर नष्ट भएको छ ।

‘पुराना सबै लाइसेन्स मुद्रण केन्द्रबाट छपाइ गरेर वितरण गर्छौं,’ विभागका निर्देशक खतिवडाले भने, ‘त्यसपछि प्रदेशअन्तर्गतकै कार्यालयबाट यो काम हुन्छ ।’ उनका अनुसार विभागमा रहेको लाइसेन्स छपाइ गर्ने मेसिन जलेको छ । आगजनीबाट विभागमा विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाउन भनेर छापेर राखिएका २२ हजारमध्ये १८ हजार लाइसेन्स जलेको अनुमान छ । यसमध्ये तीन हजार लाइसेन्स मात्र सुरक्षित भेटिएका छन् ।

लाइसेन्स छपाइ गर्न ल्याइएका करिब ६ लाख कार्ड सुरक्षित फेला परे पनि त्यो कार्डमा लाइसेन्स छपाइ गर्न मिल्ने–नमिल्ने प्रिन्टर नहुँदा जाँच हुन सकेको छैन । विभागको प्रणाली (सिस्टम) नचल्दासम्म कति लाइसेन्स छपाइ भएर बसेका थिए, यकिन नहुने निर्देशक खतिवडा बताउँछन् ।

विभागमा जलेका र हराएका लाइसेन्सबारे प्रणाली सञ्चालनमा आएपछि के–कति छापिएका थिए, यकिन जानकारी हुने खतिवडाले जनाए । प्रणालीमा देखाइसकेपछि त्यहीअनुसार क्षतिबारे यकिन गर्न सकिने उनको भनाइ छ ।

आइतबारदेखि सबै सेवा सुरु गर्ने गरी काम भइरहेको विभागले जनाएको छ । शुक्रबार प्रणालीको परीक्षण गरिएको छ । अब सोमबारबाट सेवा सुरु गरिने खतिवडाले बताए । ‘नयाँ लाइसेन्सका लागि आवेदन दिने, नवीकरण गर्ने र ट्रायल दिने काम पनि अब सञ्चालन गर्छौं,’ उनले भने, ‘अवरुद्ध सबै सेवा अब सुरु हुन्छन् ।’

अघिपछि दिनको सातवटै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । देशभर ४२ यातायात व्यवस्था कार्यालय छन् । त्यसमध्ये आठमा भने तत्काल सेवा सञ्चालनमा कठिनाइ भएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए ।

सुरक्षण मुद्रणसम्बन्धी ऐनमा लाइसेन्स छपाइ पनि गर्ने विषय उल्लेख भएअनुसार नै दुई निकायबीच समन्वय गरेर काम सुरु गर्न लागिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले बताए ।

वैदेशिक रोजगारीमा जानेलगायतलाई तत्काल लाइसेन्स चाहिँदा मुद्रण केन्द्रले नै छापेर उपलब्ध गराउनेछ । यसका लागि पहिला जस्तै तत्काल लाइसेन्स चाहिनेले विभागमा निवेदन दिनुपर्नेछ । त्यहीअनुसार छपाइ गरेर उपलब्ध गराइनेछ । विभागले यस्ता लाइसेन्स दैनिक करिब ५ सय छापेर उपलब्ध गराउँदै आएको थियो । गत २४ भदौको आगलागीसँगै विभागको सेवा ठप्प छ । आगलागीबाट विभागको भवन ध्वस्त बनेको छ, सर्भर जलेर नष्ट भएको छ ।

उनका अनुसार विभागमा रहेको लाइसेन्स छपाइ गर्ने मेसिन जलेको छ । आगजनीबाट विभागमा विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाउन भनेर छापेर राखिएका २२ हजारमध्ये १८ हजार लाइसेन्स जलेको अनुमान छ । यसमध्ये तीन हजार लाइसेन्स मात्र सुरक्षित भेटिएका छन् ।

विभागमा जलेका र हराएका लाइसेन्सबारे प्रणाली सञ्चालनमा आएपछि के–कति छापिएका थिए, यकिन जानकारी हुने खतिवडाले जनाए । प्रणालीमा देखाइसकेपछि त्यहीअनुसार क्षतिबारे यकिन गर्न सकिने उनको भनाइ छ ।

आइतबारदेखि सबै सेवा सुरु गर्ने गरी काम भइरहेको विभागले जनाएको छ । शुक्रबार प्रणालीको परीक्षण गरिएको छ । अब सोमबारबाट सेवा सुरु गरिने खतिवडाले बताए ।

अघिपछि दिनको सातवटै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । देशभर ४२ यातायात व्यवस्था कार्यालय छन् । त्यसमध्ये आठमा भने तत्काल सेवा सञ्चालनमा कठिनाइ भएको खतिवडाले जनाए ।

1

Scroll to Top