स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले ५० करोड रुर्पैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले ५० करोडको ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र जारीको निर्णय गरेको कम्पनी सचिव चन्द्रमणि चौलागाईले जानकारी दिए ।


