Banijya News

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1
1.2K Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने cfh अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंगलबार बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले मंसिर १२ गते, शुक्रबार, वेष्टर्न एशियन होटल, बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रहेको छ।

लघुवित्तले उपयुक्त लघुवित्त संस्थासंग गाभ्ने गाभिने, तथा यसबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ।

1

Scroll to Top