Banijya News

एनपिएल सिजन-२ ‘डिशहोम गो’बाट स-शुल्क हेर्न पाइने

1
1.2K Shares

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजन अब ओटिटी प्लेटफर्म डिशहोम गोमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले डिशहोम गो एपलाई एनपिएलको डिजिटल ओटीटी स्ट्रिमिङ पार्टनर घोषणा गरेको हो ।

क्यानले ४ नोभेम्बरमा भारतबाहेकका देशमा एनपिएलको ओटीटी माध्यमबाट प्रसारणका लागि एक्सक्लुसिभ अधिकार बिक्री गर्ने टेन्डर आह्वान गरेको थियो । उक्त प्रक्रियापछि डिशहोम गो एप चयन भएको हो ।

अब भारतबाहेकका प्रयोगकर्ताले शुल्क तिरेर एनपिएल–२ को सबै खेल डिशहोम गोमार्फत प्रत्यक्ष हेर्न पाइनेछ । यद्यपि सदस्यता शुल्कको विवरण हाल सार्वजनिक गरिएको छैन ।

टेलिभिजन माध्यमबाट प्रसारणको तयारी पनि अघि बढिरहेको छ । स्टार स्पोर्ट्सले प्रसारण अधिकार पाइसकेको छ । नेपालभित्रको एउटा च्यानलको टुङ्गो भने शनिबार लाग्ने अपेक्षा गरिएको छ ।

आसन्न संस्करणको एनपिएल १ मंसिरदेखि सुरु हुनेछ ।

1

Scroll to Top