Banijya News

नेपालबाट चार अर्ब ९० करोडको आइटी सेवा निर्यात

1
1.2K Shares

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनासम्म (साउनदेखि असोज) को तथ्यांक अनुसार चार अर्ब ९० करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी) निर्यात भएको छ।

त्यस्तै, ६१ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा तीन अर्ब ५४ करोड रूपेयाँको यस्तो सेवा निर्यात गरेको थियो। सो समय ५१ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो।

प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले ११ अर्ब २६ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा उच्च नै छ।

असोजसम्ममा सेवा क्षेत्रको घाटा ३२ अर्ब रूपैयाँ छ। सेवा निर्यातको तुलनामा आयात ३२ अर्ब धेरै भएको हो। नेपालले ६२ अर्ब ६६ करोडको सेवा निर्यात गर्दा ९५ अर्बको सेवा आयात गरेको छ।

विदेश भ्रमण र पढ्न जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा बढेको देखिन्छ। यो अवधिमा विदेश भ्रमणमा ६४ अर्ब खर्च भएको छ भने यसमध्ये उच्च शिक्षाको लागि मात्रै ४२ अर्ब रूपैयाँ खर्च भएको छ।

1

Scroll to Top