Banijya News

अण्डाको मूल्य घट्यो, क्रेटको कति ?

1
1.2K Shares

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । मंगलबार बसेको संघको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो ।

समर्थन मूल्य घटेसंगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रतिक्रेट ४३५ पर्ने भएको छ। यसअघि ठूलो अण्डा प्रति क्रेट ५०० र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो।

संघका सचिव मदन केसीका अनुसार अब सानो अण्डाको प्रतिपेटी मूल्य २६ सय रुपैयाँ निर्धारण गरिएको छ।

संघले चितवनबाट देशैभरको अण्डा डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप मूल्य पर्ने बताएको छ।

1

Scroll to Top