Banijya News

निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्कासन गर्ने

1
1.1K Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।

बैठकले १ अर्बको सुरक्षण नराखिएको सहायक अवधिको ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात सर्वसाधारणमा उक्त ऋणपत्र जारी गरिनेछ ।

1

Scroll to Top