Banijya News

४ महिनामा १० अर्ब बढीको धान, चामल आयात

1
1.1K Shares

देशमा धान, चामल आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको ४ महिनाको तथ्यांकले १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको धान, चामल आयात भएको देखाएको हो । गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिमा ६ अर्ब ९६ करोड ६७ लाख रुपैयाँको धान र चामल आयात भएको थियो ।

यस अवधिमा ९ करोड ६९ लाख १३ हजार किलो धान आयात भएको छ । उक्त परिमाणमा धान आयात हुँदा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँ बाहिरिएको छ । यस्तै बासमती चामल २ अर्ब ४४ करोड ८१ लाख ७५ हजार रुपैयाँको २ करोड २० लाख ८८ हजार ४ सय ५० किलो आयात भएको छ ।

अन्य चामल ४ अर्ब ४० लाख रुपैयाँको ६ करोड २८ लाख ८३ हजार २ सय १२ किलो आयात भएको छ । १३ करोड ३२ लाख १९ हजार रुपैयाँको ३२ लाख ५२ हजार ७ सय ८५ किलो कनिका आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

1

Scroll to Top