Banijya News

पाँचथर पावरले यस वर्ष पनि लाभांश नदिने

1
1.1K Shares

पाँचथर पावर कम्पनी लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यस पछिका वर्ष भने लगानीकर्ताको हात खाली बनाउँदै आएको छ ।

मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव विनानै दशौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटेल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

1

Scroll to Top