Banijya News

दुई सय रूपैयाँले घट्यो सुनको मूल्य

1
1.2K Shares

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेको छ।

आइतबार चाँदीको मूल्य तीन हजार ६ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य तीन हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

1

Scroll to Top