कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । मंसिर २५ गते बसेको कम्पनीले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १३ करोड ४० लाख ५४ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले सर्वसाधारणमा २०८० साल साउन ७ गते आईपीओ बाँडफाँट गरेको थियो । आईपीओ निष्कासन गरेको वर्षदेखिनै कम्पनीले लाभांश वितरण गरेको हो ।


