निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणबाट पारित गरि वितरण हुनेछ ।


