Banijya News

मैलुङ खोला जलविद्युतले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

1
1.2K Shares

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३७ करोड ६३ लाख १९ हजार ८०० रुपैयाँको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालन गर्ने क्रममा विभिन्न बैंकबाट लिएको ऋण बुझाउन बाँकी रहेकाले ऋण भुक्तानीका लागि हकप्रद शेयर जारी गर्ने निर्णय गरेको जानकारी दिएको छ । प्रस्तावित हकप्रद शेयर पारितका लागि कम्पनीले पुस २८ गते १२औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत कम्पनीले गरेको छ ।

अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेट, बत्तिसपुतली, काठमाडौंमा सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

1

Scroll to Top