Banijya News

माघ १ देखि स्वास्थ्य बीमाबाट उपचार सेवा नदिने त्रिवि शिक्षण अस्पतालको निर्णय

1
1.1K Shares

त्रिवि, शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ।

अस्पतालले एक सूचना जारी गदैं अस्पतालले बिरामीको उपचार गर्दाको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्ने निर्णय गरेको छ ।

स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख छ। अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको जनाएको छ। हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेको छ।

1

Scroll to Top