सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ। आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको आर्थिक अवस्था र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै कम्पनीले बोनसदर सार्वजनिक गरेको हो।
नयाँ बोनसदरअनुसार कम्पनीले सबै बीमा योजनाका सबै बीमा अवधिमा प्रतिहजार बीमांकमा समान ५५ रुपैयाँ बोनस प्रदान गर्ने भएको छ। मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सबै प्रकारका जीवन बीमालेखअन्तर्गत आर्थिक वर्ष २०८२/८३ का लागि यही दर कायम गरिएको कम्पनीले जनाएको छ।
यस्तै, जीवन बन्धु (२) र राष्ट्र सेवक (आरएसके) बीमालेखको हकमा आर्थिक वर्ष २०८०/८१ सम्म प्रतिहजार बीमांकमा ६५ रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ का लागि ६० रुपैयाँ बोनसदर लागू भएको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीका अनुसार आगामी बीमांकीय मूल्यांकन सम्पन्न नभएसम्मका लागि अन्तरिम बोनसदरसमेत यही बमोजिम कायम रहनेछ।


