Banijya News

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

1
1.0K Shares

शेयर बजार अब लगातार चार दिन बन्द हुने भएको छ । भोलि र पर्सी सरकारी बिदा परेको छ । त्यसपछिका दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले चार दिन शेयर बजार बन्द हुने भएको हो ।

भोलि जेठ १४ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा दिइएको छ । जेठ १६ गते शनिबार र जेठ १७ गते पनि आइतबार बिदा हुने हुँदा यो महिना लगातार चार दिन बिदा हुने भएको हो ।

1

Scroll to Top