Banijya News

मर्जरको प्रस्तावसहित मानुषी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्‌वान

1
1.0K Shares

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभाको आह्‌वान गरेको छ । मानुषीले आगामी असार १३ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजेदेखि बस्ने गरी साधारण सभाको आह्‌वान गरेको हो ।

उक्त साधारण सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिनेछ ।

यस्तै, तीनवटै लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा हालसम्म भएका निर्णय तथा कामकारवाहीलाई अनुमोदन गरिनेछ ।
सभामा गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोही अवधिको अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिने भएको छ ।

साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि संस्थाले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

1

Scroll to Top