फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियाविरूद्धको खेलमा जित निकालेको छ । २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ ले पराजित भएको हो । खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गरेका थिएनन् ।
दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८० औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको अग्रता बढाए । जितसँगै दक्षिण कोरियाले तीन अंक जोडेको छ ।


