निभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशनको प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीको विशेष साधारणसभा आउँदो असार १४ गते दाङको तुल्सीपुर–७ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । उक्त सभाले सर्वसाधारणका लागि कम्पनीको साधारण शेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र भविष्यमा नियामक निकायबाट थप कुनै संशोधन, थपघट वा परिमार्जन गर्नका लागि राय, सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेछ ।


