Banijya News

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार ३ अर्ब माथी

1
1.0K Shares

साताको अन्तिम कारोबारको दिन (शुक्रबार) सेयर बजार सामान्य गिरावट आएको छ । यसदिन नेप्से २ अंकले घटेर परिसुचक २६४९ बिन्दुमा झरेको छ । यसदिन कारोबार रकममा भने वृद्धि देखिएको छ । हिजो २ अर्ब ८३ करोडको कारोबार भएकामा आज ३ अर्ब ९४ करोडको कारोबार भयो ।

कारोबारमा आएका ८५ कम्पनीको मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ । यस्तै आज २० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।यसदिन स्नो रिभर्स हाइड्रो, टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो । यी कम्पनीहरु हालसालै नेप्सेमा सूचीकृत भएर कारोबारमा आएका हुन् । यस्तै कालिका लघुबित्त बित्तिय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यसदिन ग्लोवल आइएमइ डिवेञ्चर अगाडि रह्यो । यसदिन होटल पर्यटन, हाइड्रोपावर, म्युचल फण्ड, नन् लाईफ इन्सुरेन्स र व्यापार सेक्टर बाहेक अरु सकै सूचक राताम्मे भएका छन् ।

1

Scroll to Top