Banijya News

सम्राट सिमेन्टका कर्मचारी आन्दोलित, उद्योगमै गरे तालाबन्दी

1
1.0K Shares

सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले उद्योगमा तालाबन्दी गरेका छन् । दाङको लमही–७ मा रहेको उक्त सिमेन्ट कम्पनी कार्यरत कर्मचारीले सेवा–सुविधा सुधार साथै सबै कर्मचारीको समान रुपमा तलब वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै विरोध गरेका उनीहरुले विभिन्न माग राखी व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्यांकन गरी बढुवा गर्नुपर्ने, यसअघि उपलब्ध गराइँदै आएको सेवा–सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग छ ।

यसैगरी, ज्ञापनपत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब–भत्ताको ६० प्रतिशतलाई आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवाससम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनुपर्ने तथा स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

साथै, कुनै कर्मचारीले राजीनामा दिएपछि बाहिरबाट नयाँ कर्मचारी ल्याउने प्रवृत्ति अन्त्य गरी उद्योगमै कार्यरत कर्मचारीलाई आवश्यक तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरिएको छ । मागको सुनुवाइ नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने आन्दोलनकारी कर्मचारीको भनाइ छ ।

1

Scroll to Top