Banijya News

सेबोनको नीति तथा कार्यक्रमको प्रभाव सेयर बजारमा, दोहोरो अंकले बढ्यो नेप्से

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम र धितोपत्र बजार सुधार मार्गचित्रको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । यसले गर्दा आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०० अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको छ ।

बोर्डले मंगलबार मात्रै आगामी आर्थिक वर्षका लागि सुधारमुखी योजनाहरू सार्वजनिक गरेको थियो । सेबोनको नीति तथा कार्यक्रम र बजार सुधारका योजना सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल बढेको हो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने सामान्य देखिएको छ । दिनभरिमा ३६२ वटा स्क्रिप्टको ४ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ८४ लाख ७३ हजार १६ कित्ता सेयर कारोबारमार्फत किनबेच भएका छन् । आज १९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६० वटा कम्पनीको मूल्य घटेको छ भने १९ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

समूहगत रूपमा हेर्ने हो भने लगानी समूह बाहेक सबै समूहमा सुधार देखिएको छ । विकास बैंक र निर्जीवन बीमा कम्पनीमा एक प्रतिशत भन्दा धेरैको सुधार देखिँदा बाँकी समूह सामान्य बढेको देखिन्छ । आजको शेयर कारोबारमा पनि डिबेञ्चरहरूकै वर्चस्व रहेको पाइएको छ ।

1

Scroll to Top