Banijya News

सामान्य अंक बढ्यो नेप्से, ६ अर्ब ६७ करोडबढीको शेयर कारोबार

1
1.0K Shares

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनदेखि बढिरहेको नेप्सेले मंगलबार पनि निरन्तरता दिँदै ७.२५ अंक बढेर २७२६.४९ विन्दुमा पुगेको हो ।

मंगलबार सेन्सेटिभ इण्डेक्स ०.१८ अंक घटेको छ भने फ्‌लोट इण्डेक्स ०.१९ अंक बढेको छ । सेन्सेटिभ फ्‌लोट इण्डेक्स भने यस दिन स्थिर रहेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ५१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये एभरेष्ट कलर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ५५ रुपैयाँ ८० पैसा बढेर ४२८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, कालंगा हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक ७.४४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत् कम्पनीको करिब साढे ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २७ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये आज मंगलबार पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

1

Scroll to Top