Banijya News

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

1
1.0K Shares

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज शुक्रबार भने सामान्य अंक बढेको हो ।

शुक्रबार नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ भने फ्‌लोट इण्डेक्स १.०० अंक र सेन्सेटिभ फ्‌लोट इण्डेक्स ०.९७ अंक बढेको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन निर्जीवन बीमा र व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक सामान्य बढेको छ ।

नेप्सेसँगै शुक्रबार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । आज ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये एभरेष्ट कलर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो कम्पनीको शेयरमूल्य १७० रुपैयाँ ७० पैसा बढेर १ हजार ३०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, लक्ष्मी भ्यालु फण्ड २ को इकाईमूल्य ८ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ । कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सबैभन्दा बढी ५.३३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १७ करोड २६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ भने सेन्ट्रल फाइनान्सको करिब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

1

Scroll to Top