Banijya News

नेप्से बढेसँगै कारोबार रकममा सामान्य वृद्धि

1
1.0K Shares

नेप्से परिसूचक आज विहीबार सामान्य अंक बढेर बन्द भएको छ । नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको देखिएको छ ।

आज विहीबार नेप्से परिसूचक ८.८१ अंक बढेर २६५१.२१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक बढेको छ ।

हिजो बुधबार ३ अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा विहीबार ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार भएकामध्ये दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १३ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमल्य करिब १२ प्रतिशत बढेको छ । कारोबारमा आएको इमर्जिङ नेपालको शेयरमूल्य ५.११ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ९८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । आज बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । तर, व्यापार उपसमूहको परिसूचक भने स्थिर रहेको छ ।

1

Scroll to Top