नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै ‘रंग बहार’ ग्राहक योजना सार्वजनिक गरेको छ । ‘बर्जर रंग बहार, उपहारै उपहार, लक्की ड्रको बम्परमा यामाहा रेजेडआर १२५’ नाराका साथ ल्याइएको योजनामा बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन् ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि निरन्तरता दिइएको अभियानअन्तर्गत ग्राहकले ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । अभियानको मुख्य आकर्षणका रूपमा यामाहा रेजेडआर १२५ स्कुटर रहेको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त ग्राहकले विभिन्न घरायसी उपकरण तथा अन्य आकर्षक उपहार पनि जित्न सक्नेछन् । अभियानअन्तर्गत ६५ इन्चको स्मार्ट टीभी एक थान, २५३ लिटरका फ्रिज दुई थान, ८ केजीका वासिङ मेसिन तीन थान लगायत विभिन्न उपकरण तथा सामग्री गरी कुल ३६२ वटा उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम १ लाख रुपैयाँ बराबरको बर्जर पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ । साथै, अभियानमा तोकिएका प्रिमियम उत्पादनमध्ये न्यूनतम १२० लिटर खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बर्जर पेन्ट्सले गुणस्तरीय पेन्टिङ समाधान प्रदान गर्दै ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले ‘रंग बहार’ अभियान सञ्चालन गरेको जनाएको छ । कम्पनीका अनुसार अभियानले ग्राहकको घरलाई नयाँ र आकर्षक रङरूप प्रदान गर्ने अनुभवमा थप उत्साह र उमंगसमेत जोड्नेछ ।


