सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले कम्पनीको गत आवको वित्तीय विवरण पारित गर्दै चुक्तापूँजीका आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हालको चुक्तापूँजी रु. ३४ करोड रहेको छ । सोही चुक्तापूँजीको १० प्रतिशतका दरले रु. ३ करोड ४० लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको हो ।
त्यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि सेयरधनीलाई रु. १७ लाख ८९ हजार ४७४ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।


