Banijya News

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब २७ करोडमा खुम्चियो

1
1.0K Shares

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । गत शुक्रबार घटेर बन्द भएको नेप्से आज सोमबार २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको छ ।

१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । सोमबार व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत् र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से करिब साढे २० अंकले घट्दा कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको मात्र शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये शीर्ष १० स्टकहरुमा अधिकांश ऋणपत्र रहेका छन् । आज १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत बढेको छ । त्यस्तै, १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशत बढेको छ । कारोबारमा आएको त्रिशुली जलविद्युत् कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.८४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा सोमबार घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । शिवम सिमेन्ट्सको कारोबार रकम ८ करोड ४३ लाख रुपैयाँ नाघेको छ ।

1

Scroll to Top