लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन। असोज २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियूषराज अर्यालका अनुसार हालका सीईओ अजयविक्रम शाहको कार्यकाल कात्तिक १४ गते सकिनेछ।
नवनियुक्त सीईओ सुमेद भट्टराई हाल सोही बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत हुनुहुन्छ। बैंकिङ क्षेत्रमा लामो समयको अनुभव र उच्च व्यवस्थापकीय कुशलता हासिल गरेका भट्टराईसँग बैंकका विभिन्न जिम्मेवार पदहरूमा रहेर काम गरेको राम्रो अनुभव रहेको छ।
नेतृत्व परिवर्तनसँगै बैंकले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने र वित्तीय बजारमा आफ्नो पहुँच बढाउने विश्वास लिएको छ। भट्टराईको नेतृत्वमा बैंकको व्यवसाय विस्तार, डिजिटल सेवाको प्रवर्द्धन र समग्र प्रगतिले थप गति लिने अपेक्षा गरिएको छ।


