नेप्से परिसूचक आज बुधबार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २१.३२ अंक बढेर २६२१.२६ विन्दुमा पुगेको छ ।
त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक बढेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशत बढको छ । त्यस्तै, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । हिजो मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १३.२१ प्रतिशत बढेको छ । त्यस्तै, ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सगरमाथा जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ६.३२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा बुधबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ भने लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।


