Banijya News

महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा विशेष छुट

1
1.0K Shares

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले नेपाली फेसन तथा लाइफस्टाइल ब्रान्ड केटीएम सिटीमा विशेष छुट पाउने भएका छन् ।

बैंक र केटीएम सिटीबीच भएको सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले केटीएम सिटीका देशभर रहेका १७ वटै आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस सहकार्यबाट बैंकका डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने ग्राहकले थप सुविधा र आकर्षक खरिद अनुभव प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

केटीएम सिटीले स्पोट्र्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ । नवीनता, गुणस्तर र ग्राहकको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिँदै आएको कम्पनीले फेसन तथा लाइफस्टाइल क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको बैंकले जनाएको छ ।

1

Scroll to Top