नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ । आज शुक्रबार सुन प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी तोलामा ११५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला चार हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहिबार चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।


