Banijya News

सम्पदा लघुवित्तको ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

1
1.0K Shares

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३ हजार ३४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले आफ्‌ना दुई संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका अनुसार संस्थापक शेयरधनी शुशिल काजी बानियाले ७ हजार २० कित्ता र शारदा (न्यौपाने) कणेलले २६ हजार ३२८ कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति मंसिर १३ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा लिखित निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुनबमोजिम सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

1

Scroll to Top