Banijya News

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

1
1.0K Shares

नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । मंसिर १३ गते आइतबार आज सुन प्रतितोला २ हजार रुपैयाँ र चाँदी तोलाको २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार २१५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुुक्रबारको बजारमा तीन हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

1

Scroll to Top