Banijya News

गरिमा होल्डिङ्सले आईपीओ निष्काशन गर्ने

1
1.0K Shares

गरिमा होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ५ गते दोस्रो वार्षिक साधारण सभा आह्‌वान गरेको छ ।

सभामा आईपीओ निष्कासन गर्ने प्रस्तावका साथै अन्य कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस हुनेछ । त्यस्तै शेयर आवेदन स्वीकृति, बाँडफाँड तथा सेयर लगतसम्बन्धी आवश्यक काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पेस हुनेछ । साथै, सञ्चालक समितिको भत्ता तथा कार्यकारी अध्यक्षको पारिश्रमिक अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

1

Scroll to Top