April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

दाउन्नेमा यात्रुबाहक बस दुर्घटना, ३१ घाइते

दाउन्नेमा यात्रुबाहक बस दुर्घटना, ३१ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आज साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस आफैँ अनियन्त्रीत भई सडकबाट तल खसेको हो ।

Advertisement

बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नंको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

Advertisement

सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेका थिए । साँझ ६ बजे बस दुर्घटनामा परेको थियो ।

प्रहरीले दुई घण्टा लगाएर घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा, तीन जनाको भरतपुर र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । बसमा सवार सबै ३१ यात्रु घाइते भएको उनले बताए । दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको गिरीले बताए । रासस