हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्ष ०८१/८२ का लागि १६ दशमलव १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको भदौ १३ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले कर समेत उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिफल प्रयोजनका लागि यस योजनाले बुक क्लोजको मिति भने तय गर्न बाँकी छ । गत आर्थिक वर्ष कर समेत ६ प्रतिशत प्रतिफल वितरण गरेको योजनाले यस वर्ष बढी प्रतिफल वितरण गर्न लागेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८० साल भदौ ६ गतेदेखि सञ्चालनमा रहेको छ । यस योजनाले पहिलो वर्षदेखिनै प्रतिफल वितरण गरेको हो ।


