Banijya News

कुखुराको मासुको मूल्य घट्यो

1
1.3K Shares

बजारमा कुखुराको मासुको मूल्य घटेको छ। सोमबारदेखि कुखुराको मासुको मूल्य प्रतिकिलो ३० रूपैयाँले घटेको हो। अहिले ग्राहकले कुखुराको मासु प्रतिकिलो तीन सय ७० रूपैयाँमा पाउँछन्। यसअघि प्रतिकिलो चार सय रूपैयाँ पुगेको थियो।

दसैं सुरू भएसँगै कुखुराको मासुको खपत कम हुँदा मूल्य घटेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।

उनका अनुसार दसैंमा अधिकांश ग्राहकले खसीको मासु उपभोग गर्छन्। यो समयमा स्कुल, कलेज तथा रेष्टुरेन्टहरू पनि बन्द हुन्छ। त्यसैले खपत कम हुने भएकाले दसैंको समयमा कुखुराको मासुको मूल्य घट्ने गरेको छ।

1

Scroll to Top