Banijya News

छ वर्षपछि काठमाडौं-कलकत्ता उडान गर्दै बुद्ध एयर

1
1.3K Shares

बुद्ध एयरले काठमाडौं-कलकत्ता पुन: उडान गर्ने भएको छ।बुद्धले कार्तिक २ (अक्टोबर १९)बाट काठमाडौं-कलकत्ता पुनः उडान गर्न लागेको हो।

यसअघि बुद्धले २०७६ साल वैशाख २ बाट कलकत्ता उडान सुरू गरेको थियो। तत्कालीन समयमा कोभिडका कारण यो गन्तव्यमा उडान स्थगन भएको थियो। बुद्धले ६ वर्षपछि फेरि नियमित उडान गर्न लागेको हो।

बुद्धले एटीआर ७२ जहाजमार्फत् साताको आइतबार, मंगलबार र बिहिबार गरी सातामा तीन उडान गर्ने बताएको छ। कम्पनीका अनुसार काठमाडौंबाट बिहान ७ बजे र कलकत्ताबाट स्थानीय समय ९:२० बजे उडान हुनेछ। यस रूटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ।

यो गन्तव्यका लागि एकतर्फी भाडादर १३ हजार ३५३ तोकेको छ। बुद्धले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरिरहेको छ।

नेपाली यात्रुलाई कलकत्ता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगा सागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन्। यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ।

1

Scroll to Top