Banijya News

वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

1
1.2K Shares

वाणिज्य बैंकहरुले कात्तिकमा पनि ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

कात्तिक महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर औसत ५.२० प्रतिशतमा झरेको छ । जबकी असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो ।

यस्तै, कात्तिकमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.१९ प्रतिशत घटेर ३.६८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.८७ प्रतिशत ब्याजदर थियो ।

कात्तिक महिनाका लागि १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् ।

यस्तै, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकमा ब्याजदर स्थिर राखेका छन् ।

कुन बैंकको कति ?

बैंकको नाम२०८२ असोज (व्यक्तिगत)२०८२ असोज (संस्थागत)२०८२ कात्तिक (व्यक्तिगत)२०८२ कात्तिक (संस्थागत)फरक (व्यक्तिगत)फरक (संस्थागत)
कृषि विकास बैंक५.७५३.००४.६५२.७५-०.१०-०.२५
एभरेष्ट बैंक५.२५४.५०५.००४.२५-०.२५-०.२५
नेपाल बैंक५.२५३.२५५.२५३.२५००
कुमारी बैंक५.०१४.०१५.०१४.०१००
नेपाल एसबीआई बैंक५.१६४.१६५.००४.००-०.१६-०.१६
लक्ष्मी सनराइज बैंक५.२५४.००५.००४.००-०.२५०
ग्लोबल आइएमई बैंक६.००५.२५६.००५.२५००
प्राइम बैंक५.७०५.७५५.३०५.७५-०.४००
सिटिजन्स बैंक५.२५३.२५५.००३.००-०.२५-०.२५
प्रब बैंक५.२५५.२५४.८५४.७५-०.४०-०.५०
माछापुच्छ्रे बैंक६.००६.००५.००५.००-१.००-१.००
पुनम बैंक६.००६.००५.००५.००-१.००-१.००
स्ट्यान्डर्ड चार्टर्ड५.१६४.७५५.००४.७५-०.१६०
हिमालयन बैंक६.००४.००६.००४.००००
सिद्धार्थ बैंक५.००४.००५.००४.००००
नबिल बैंक५.२५५.००५.००४.८७-०.२५-०.१३
सानिमा बैंक५.२५५.२५४.९१४.३५-०.३४-०.९०
राष्ट्रिय वाणिज्य बैंक५.२५४.२५५.२५४.२५००
एनआईसी एशिया बैंक५.२५५.२५५.०९५.०९-०.१६-०.१६
1

Scroll to Top