Banijya News

सिटी होटलको हकप्रद सेयर बाँडफाँड

1
1.2K Shares

सिटी होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना सेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद सेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।

कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ४९ हजार १८५ जना सेयरधनीहरूलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको जनाएको छ।

बाँडफाँडमा नपरेका आवेदकहरूको रकम आज कात्तिक १२ गतेदेखि कनेक्ट आईपीएस मार्फत सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।

साथै बाँडफाँडपछि कम्पनीको २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद सेयर बाँकी रहेको छ। यो अवितरित सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरिनेछ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

1

Scroll to Top