Banijya News

कुल गार्हस्थ्य उत्पादनमा ८०% योगदान दिने निजी क्षेत्र राष्ट्र निर्माणमा थप जिम्मेवार बन्ने

1
1.2K Shares

जेनजी आन्दोलनपछिको परिस्थितिले देशको व्यावसायिक वातावरणमा पारेको प्रभावलाई सम्बोधन गर्न नेपालका २८ वटा निजी क्षेत्रका छाता सङ्गठनहरू एकताबद्ध भएका छन्। 

राष्ट्रिय व्यावसायिक पहलको संयोजनमा सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै संयुक्त घोषणापत्र जारी गरेका हुन्। 

उक्त घोषणापत्रमा निजी क्षेत्रले देशको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले देशको पछिल्ला  राजनीतिक अनिश्चितता, आर्थिक मन्दी र सामाजिक असन्तुलनले व्यावसायिक वातावरणमा चुनौती थपिएको बताए । उनले त्यसले लगानी, रोजगारी र उत्पादन क्षमतामा प्रत्यक्ष असर पारेको उल्लेख गरे।

उनले यस्तो अवस्थामा पनि निजी क्षेत्र राष्ट्र निर्माणको जिम्मेवारीबाट कहिल्यै पछि नहटेको बताए । 

जोशीले निजी क्षेत्र देशको अर्थतन्त्रको इन्जिन भएको बताउँदै कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतभन्दा बढी र करिब ५० लाख रोजगारी सिर्जना गरेर राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथ्यलाई स्मरण गराए। 

1

Scroll to Top