Banijya News

३.७२ रुपैयाँले घट्यो वाणिज्य बैंकहरूको औसत प्रतिशेयर आम्दानी

1
1.3K Shares

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी घटेको छ । यस अवधिमा औसत प्रतिशेयर आम्दानी ३.७२ रुपैयाँले घटेको हो ।

गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत १७.८३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको थियो । चालु आवको सोही अवधिमा १४.११ रुपैयाँमा झरेको छ । बैंकहरुले प्रकाशति गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १६ बैंकको ईपीएस घट्दा ४ बैंकको मात्र बढेको छ ।

ग्लोबल आइएमई बैंकको ईपीएस २.७७ रुपैयाँले वृद्धि हुँदा सानिमा बैंकको १.६०, एभरेष्ट बैंकको १.५९ र एनआईसी एशिया बैंकको ०.३० रुपैयाँले वृद्धि भएको छ ।

ईपीएस धेरै घट्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा अगाडी रहेको छ । जसको १६.६३ रुपैयाँले घटेको छ । गत वर्ष १७.१६ रुपैयाँ रहेको यस बैंकको ईपीएस हाल ०.५३ रुपैयाँमा सिमित भएको छ । यसैगरी, गत वर्ष ५.५८ रुपैयाँ रहेको सिटिजन्स बैंकको ईपीएस चालु आवको पहिलो त्रैमासमा ५.९७ रुपैयाँले ऋणात्मक रहेको छ । अर्थात् यस बैंकको ईपीएस ११.५५ रुपैयाँले घटेको छ ।

त्यसैगरी, नेपाल एसबीआई बैंकको ११.४९ रुपैयाँले, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९ रुपैयाँले, प्रभु बैंकको ८.१९ रुपैयाँले, एनएमबी बैंकको ५ रुपैयाँले, नबिल बैंकको ४.३४ रुपैयाँले र लक्ष्मी सनराइज बैंकको ३.७९ रुपैयाँले ईपीएस घटेको छ । यस अवधिसम्म सबैभन्दा धेरै ईपीएस एभरेष्ट बैंकको ३६.४४ रुपैयाँ र सबैभन्दा कम सिटिजन्स बैंकको माइनस ५.९७ रुपैयाँ रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा वृद्धि गर्ने वाणिज्य बैंकको सूचीको पहिलो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले २९५ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

यस्तै ग्लोबल आइएमईले २२.९२, सानिमा बैंकले १३.८६, एनआईसी एशियाले १०.५३ र एभरेष्ट बैंकले ४.५७ प्रतिशतले नाफा वृद्धि गरेको छ । समग्रमा वाणिज्य बैंकको नाफा १८.७८ प्रतिशतले खुम्चिएको छ ।

यसअधिमा सिटिजन्स बैंकले भने घाटा ब्योहोर्नु परेको छ । चालु आवको पहिलो त्रैमासमा सिटिजन्सलाई २२ करोड घाटा लागेको छ । कृषि विकास बैंकको नाफा ९६.९९ प्रतिशतले घट्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९६.९२ प्रतिशतले खुम्चिएको छ ।

1

Scroll to Top