Banijya News

नागरिक लगानी कोषको खुद नाफा ४.४३ प्रतिशतले वृद्धि

1
1.1K Shares

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो रकम ३० करोड ९ लाख रुपैयाँ थियो । आम्दानीमा सामान्य वृद्धि भए पनि खर्चमा उल्लेख्य कटौती भएकाले नाफा बढ्न पुगेको हो ।

विवरणअनुसार कम्पनीको ब्याज आम्दानी १८.८७ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ९.१३ प्रतिशतले बढेको छ । कुल आम्दानी ३.९० प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च २४.२३ प्रतिशतले घटेको छ ।

नाफामा वृद्धि भए पनि प्रतिशेयर आम्दानी (इपिएस) भने सामान्य घटेको छ । समीक्षा अवधिमा इपिएस ४८ पैसाले घटेर १९ रुपैयाँ ४० पैसामा सीमित भएको छ । चुक्ता पूँजीको अनुपातमा खुद नाफा बढाउन नसक्दा इपिएस घट्न पुगेको हो । असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसा कायम भएको छ ।

६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।

1

Scroll to Top