Banijya News

बजारमा तरलता बढेसँगै ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकलाई दबाब

1
1.3K Shares

बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) अत्यधिक मात्रामा थुप्रिएपछि ब्याजदर लगातार ओरालो लाग्दा नेपाल राष्ट्र बैंकलाई ब्याजदर नियन्त्रणमा दबाब परेको छ। ब्याजदरमा आउने अनावश्यक उतारचढाव रोक्न र यसलाई निश्चित सीमाभित्र राख्न केन्द्रीय बैंकले कार्यान्वयनमा ल्याएको ुब्याजदर कोरिडोरु समेत प्रभावकारी देखिएको छैन्।

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल तथा स्थायी निक्षेप सुविधामार्फत लगातार बजारबाट रकम उठाए पनि ब्याजदर लगातार घटिरहेको छ । एक वर्ष अघिसम्म वाणिज्य बैंकहरूको औसत निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा माथि रहेकोमा अहिले त्यो ४ प्रतिशतभन्दा कममा झरिसकेको छ ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षत्री राष्ट्र बैंकले लगातार तरलता नउठाउने हो भने यतिबेला ब्याजदर शून्य प्रतिशतमा पुग्ने बताउँछन् । ‘राष्ट्र बैंकले लगातार पैसा उठाउँदा त ब्याजदर घटिरहेको छ,’ उनले भने । ‘ब्याजदर कोरिडोर कार्यान्वयन नभएको भए ब्याजदर शून्य प्रतिशतमा पुग्थ्यो ।’

राष्ट्र बैंकले ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण र ब्याजदर स्थायित्व कायम गर्ने उद्देश्यसहित ‘ब्याजदर कोरिडोर’ कार्यान्वयन गर्दै आएको छ । यसलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले ‘ब्याजदर करिडोरसम्बन्धी कार्यविधि–२०७६’ समेत लागू गरेको छ ।

null
null

कार्यविधिअनुसार कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलनदर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्नुपर्छ । यसका लागि राष्ट्र बैंक तरलता प्रवाह र प्रशोचन गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने प्रावधान छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकदर ६ दशमलव ५ प्रतिशत र निक्षेप संकलन दर २ दशमलव ७५ प्रतिशत तोकेको छ । कोरिडोर कार्यान्वयन गर्न अन्तरबैंकदरलाई यही सीमाभित्र राख्नुपर्ने भएपछि केन्द्रीय बैंक असफल देखिँदै आएको छ ।

चालू आवमा साउन १६, साउन २२, २३ र भदौ २३ गरी ५ दिन अन्तरबैंक ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा तल झरेको छ । अन्य दिनमा भने अन्तरबैंकदर लगातार कोरिडोरको तल्लो सीमामा मात्र बसेको छ ।

ब्याजदर कोरिडोर प्रभावकारी बनाउन केन्द्रीय बैंकले २०८१ फागुनदेखि स्थायी निक्षेप सुविधाअन्तर्गत बैंकहरूले आपूmसँग भएको अधिक तरलता राष्ट्र बैंकमा जम्मा गर्न सक्ने सुविधा दिएको छ । शुरूमा साताको २ दिनमात्र स्थायी निक्षेप सुविधा उपभोग गर्न सक्ने प्रावधान रहेकोमा गतवर्ष असारदेखि भने बढाएर तीनपटक पुर्याएको छ ।

चालू आवभरमा राष्ट्र बैंकले ४३ पटक स्थायी निक्षेप सुविधा दिएर १७४ खर्ब ५३ अर्ब रुपैयाँ बजारबाट उठाएको छ । यसैगरी २७ ओटा निक्षेप संकलन बोलकबोलबाट ९ खर्ब ७१ अर्ब रुपैयाँ उठाएको छ । दुवै उपकरणबाट उठाएको रकममध्ये ८ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ राष्ट्र बैंकमा छ । पछिल्लो समय राष्ट्र बैंकले लामो अवधिका निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ ।

1

Scroll to Top